दफा ४
अस्पताल स्वशासित संस्था हुने
(१) अस्पताल अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) अस्पतालको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) अस्पतालले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) अस्पतालले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र अस्पताल उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।